धरान । धरान–९ को बगैंचा चोकमा मोटरसाईकल र स्कुटर ठोक्किंदा तीन जना घाईते भएका छन् । घाइते हुनेहरु स्कुटर चालक, मोटरसाईकल चालक र एक पैदलयात्री रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो भएको दुर्घटनामा बागमती प्रदेश ०२–०२४ प २१५३ नम्बरको मोटरसाईकल र को ३८ प ६८४३ नम्बरको स्कुटर ठक्कर खाँदा घाईते भएका मध्ये २ जनाको विजयपुर हस्पिटलमा उपचार भईरहेको र एक जनाको सामान्य प्राथमिक उपचार भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

