राष्ट्रिय दलित पत्रकार संघको  प्रथम महाधिवेसन आइतबार बुटवलमा सम्पन्न भएको छ । 

महाधिवेशनले संविधान सभा सदस्य पत्रकार विनोद पहाडीको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, उपाध्यक्ष खुल्लातर्फबाट मिलन परियार र महिलातर्फबाट कमला रसाइली निर्वाचित भएका हुन् ।

त्यसैगरी १ देखि ७ प्रदेशबाट उपाध्यक्षहरुमा क्रमशः पर्वत पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा, दिपक परियार, टेकेन्द्र विश्वकर्मा, करन ताम्राकार र विनोद परियार निर्वाचित भएका हुन् । 

संघको महासचिवमा लक्ष्मण दर्नाल, सचिवहरुमा समावेशी तर्फबाट सन्तोष गन्धर्व, विरु नेपाली, रीता बुढाथोकी र सिकेन्द्र पासवान चयन भएका छन् भने कोषाध्यक्षमा भिमबहादुर घिमिरे चयन भएका छन् । 

खुल्लाबाट केन्द्रीय सदस्यहरुमा तारा लामगादे, बसन्त विश्वकर्मा, किसान संगित, सावित्री रसाइली, सरीता बराइली र राजेश (सोनाम) सुनाम निर्वाचित भएका छन् ।

महिला तथा प्रदेश तर्फबाट सुनिता नेपाली, शान्ति गजमेर, राजन गाउँले, अनिता कुमारी खङ्ग, अमर सुनार, राधेश्याम विश्वकर्मा, राधा नेपाली, पूर्णिमा जनला, गणेश चिन्तन, परवीर ददेल, प्रेम विश्वकर्मा, मानसिंह विश्वकर्मा, पिवी दियाली, फुलु सुनुवार र सञ्जय सौगात सदस्यमा निर्वाचित भएका छन् ।

३ जना बाँकी सदस्य केन्द्रीय समितिले मनोनयन गर्ने महासचवि लक्ष्मण दर्नालले जानकारी दिएका छन् । मधु शाही संयोजक रहनेगरी अनुशासन समिति समेत गठन भएको छ जसको सदस्यमा भीम बहादुर नेपाली चयन भएका छन् भने १ जना सदस्य रिक्त राखिएको छ ।

गत वर्ष मात्र स्थापना भएको संघको ६५ जिल्लामा शाखा स्थापना भएको थियो । २ हजार भन्दा बढि पत्रकार संगठित भइसकेको केन्द्रीय सदस्य लामगादेले जानकारी दिएका छन् ।