विराटनगर/ वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरमा आउने अपाङ्गता भएका व्याक्ति अशक्त र ज्येष्ठ नागरिक भएका सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क रूपमा फोटोकपी गरिने व्यवस्था मिलाएको छ ।
कार्यालयमा आउने सेवाग्रहीलाई सहजता प्रदान गर्ने उद्देश्यले वाणिज्य कार्यालय भित्र निःशुल्क फोटोकपी गर्ने व्यवस्था मिलाएको हो ।
कार्यालयमा आउने गर्भवती, साना बच्चा बोकी आउने महिला, फरक क्षमता भएका र ज्येष्ठ नागिरकहरू भएका सेवाग्राहीलाई पहिलो प्राथामिता दिएर आवश्यक पर्ने फोटोकपी निःशुल्क दिइने निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । ‘फर्म दर्ता, संशोधनसम्बन्धीको लागि कागजात आवश्यक पर्दछ । कार्यालयमा आउने गर्भवती, साना बच्चा बोकी आउने महिला, फरक क्षमता भएका र ज्येष्ठ नागिरकहरू भएका सेवाग्राहीको हकमा कार्यालयमा आवश्यक पर्ने काजगपत्रको फोटोकपी निःशुल्क उपलब्ध गराइदिन्छ,’ उनले भने ।
कार्यालयले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर उक्त सेवा सुरु गरेको हो । कार्यालय परिसरमा फोटोकपी गर्ने पसल नहुदा सेवाग्राही फोटोकपी गर्न वाणिज्य कार्यालयदेखि एक किलोमिटर उत्तरमा रहेको सोमबारी हाटमा जानुपर्ने बाध्यता छ ।