विजयपुर (ब्लाष्ट) नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल पक्ष) को प्रथम विस्तारि।त बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

धरान– स्थित सदन स्कुलको सभाहलमा भएको कार्यक्रमम भएको हो  । सर्वोच्चको निर्णय पछि व्युतिएको नेकपा एमाले धरान उपमहानगर कमिटीको चैत्र ७ गते बसेको सचिवालय बैठकको निर्णयअनुसार कमिटी पुनः स्थापना सहित बिस्तारीत बैठक तथा सपथ ग्रहण कार्यक्रम भएको हो  ।

सपथ ग्रहण कार्यक्रममा नगर एमालेका अध्यक्ष नारायण सुवेदीले केही समय यता प्रधानमन्त्री केपि शर्मा ओलिनिकट कार्यकर्ताले मनोमानी रुपमा गठन गरेको कमिटी आधिकारिक नभएको दावी गरे । उनले आफ्नो नेतृत्वमा भएको पुरानो कमिटी स्थापना भएको दावी गरे । उनले ओलीले चालेको कदम पार्टीको बिधान बिपरित भएको दावी गरे । एमाले केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले सम्पुर्ण कमिटीहरु पुनःस्थापना गरि अगाडि लैजान समेत निर्देशन दिए । कार्यक्रमबाट केही नया सदस्यहरु समेत थप गरि जम्मा १६२ जनाको कमिटी बिस्तार गरेको बताए ।

अध्यक्ष सुवेदीले ओलि निकट कार्यकर्ताको गुटमा सहभागी नहुन र सत्ताको लोभमा नफसी अगाडि बढ्न अनुरोध गरे ।