बिर्तामोड । अर्के मेनपावरको डिमाण्डमा अन्तवार्ता लिइरहेको अवस्थामा अनुगमन टोलीले ताला लगाएको बिर्तामोडको एक मेनपावरको ताला बुधबार खोलिएको छ ।
वैदेशिक रोजगार विभागले केहि दिन अघि अनुगमनका क्रममा बिर्तामोडको मेमोसा ओभरसिजको शाखा कार्यालयको ताला लगाएको थियो । विभागबाट आएको टोलीले बुधवार स्थानीय जनप्रतिनिधिको रोवहरमा ताला खोलेको हो । विभागले चैत्र ५ गते निर्णय भएपनि जनशक्ति अभावको कारण देखाउँदै बुधबारमात्र सिल खोलेको थियो ।
विभागबाट आएको टोलीले अनुगमनको क्रममा फागुन २३ गते अवैधानिक रुपमा अन्र्तवार्ता भइरहेको सूचनाका आधारमा शाखा सिल गरेको थियो । ताला खोलिएपनि कार्यालय अनुसन्धानकै प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागका शाखा अधिकृत मात्रिका सापकोटाले जानकारी दिए । ‘शाखाले पूर्व स्वीकृति बिनाको डिमाण्डमा विज्ञापन गर्न पाउँदैन,’ शाखा अधिकृत सापकोटाले भने ।