धरान । धरान–भेडेटार सडक खण्डमा शनिबार भएको दुर्घटनामा एक युवा घाईते भएका छन् ।

भेडेटारबाट धरान तर्फ मोटरसाईकलमा झर्दै गर्दा पिकअपमा ठोक्किएर दुघंटना हुँदा मोटरसाईकल चालक सप्तरी राजविराजका अल्ताब खान घाईते भएका हुन् । उनको खुट्टा र टाउकोमा चोट लागेको छ । 

उनीसँग मोटरसाईकल पछाडि बसेकी धरान–७ शान्तिपथकी पूजा खाती भने सकुसल छिन् । दुर्घटनापछि अन्य यात्रीहरुले उठाएर घाईतेलाई बीपी प्रतिष्ठान पठाइएको छ । उनीहरुले शनिबार भेडेटार घुमेर फर्किएको बताएका छन् । 

168412931_1057298021460935_1694405020689907836_n

167424149_776223949990020_3101199074399200809_n

167096127_921718791994161_5915830083039755114_n