मधुुमल्ला। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ बोक्रेका गंगा पुलामी मगरको घरमा शनिबार साँझ करिब ८ बजे भएको आगलागीबाट घर जलेर पुर्ण नष्ट हुनुका साथै करिब १० लाख बढीको क्षती भएको छ ।
शनिबार साँझ अचानक घरमा अगजनी हुँदा घरको सम्पुर्ण लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको छ ।
दुर्गम र विकट गाउँ भएकाले स्थानीयको अथक प्रयास पछी करिब ९ बजे स्थानीय र दमकलको सहायतले आगो नियन्त्रमा लिएको आगलागी स्थालमा पुगेका मिलन माखिमले बताए । आगलागीबाट कुनै मानविय क्षती भने भएको छैन ।


