ब्लाष्टखबर । धनकुटाकाे सागुरीगढीमा यात्रुवाहक बस दुर्घटना हुँदा १०  घाइते भएका छन् । 

सागुरीगढी गाउँपालिका ६ स्थित चारखाेले गोलाईमा विराटनगरबाट धनकुटकाे जितपुर तर्फ जादैगरेकाे को १ ख ७७७९ नम्बरको बस ब्रक फेल भइ अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएकाे थियाे ।

घाइते भएकाहरू मध्ये ५ जनाकाे रामधुनी नगरपालिका ३ का २८ वर्षीय गाेविन चाैधरी, महालक्षमी  नगरपालिका ७ का ६९ वर्षीय वीरबहादुर श्रेष्ठ, ४५ वर्षीय रूद्रकुमारी श्रेष्ठ, महालक्षमी  नगरपालिका ९ की  ६२ वर्षीया  इन्दिरा काफ्ले र विराटनगर २  की २५ सरस्वती श्रेष्ठकाे घरान स्थित विपीकाेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहकाे छ । प्रतिष्ठानमा उपचाररत घाइतेहरूकाे अवस्था सामान्य रहेकाे त्यहा रहेका प्रहरीले जनाएका छन् ।

दुर्घटनामा परि घाइते भएकाअन्यकाे अवस्था सामान्य भएकाले घर फर्किएकाे बताइएकाे छ । 

बस चालक छथर जाेरपाटी गाउँपालिका ५ का ३३ वर्षीय पूर्णबहादुर लिम्बुलाई प्रहरी नियन्त्रणमा लिएकाे छ ।