संखुवासभा । पाँचखपन नगरपालिका २ माथिल्लो स्याबुनकी एक महिलाको भीरबाट लाडेर मृत्यु भएको छ ।
४५ बर्षकी रानिमाया तामाङको बिहीबार दिउँसो ३ः३० बजे भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।
स्याबुनस्थित ठाडेखोला नजिकै सुगुरको चारो खोज्न जाँदा दिउँसो ३ः३० बजेतिर ४० मिटर अग्लो भीरबाट लडेर मृत्यु भएको स्थानीय महेश तामाङले जानकारी दिए ।
शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम गरि अन्त्योष्टिको लागि आफन्तले बुझिसकेको छ ।