विजयपुर/ गुल्मीका चलचित्रकर्मी रेशम जङ्ग शाह गैरआवासिय नेपाली संघ अमेरिकास्थित न्युयोर्क राज्यको सचिवमा उम्मेदवारी दिएका छन् । ।
सन् २०१८ मा पारिवारिक आप्राबासी भिसामा अमेरिका पुगेका शाहको परिवार फ्लोरिडामा छन् । उनी नेपालीहरूको बाक्लो बसाइ खोज्दै न्युयोर्कमा पुगेका हुन् । शाह नेपालमा रहदा ठकुरी सहयोग संजाल नामक सस्था मार्फत समाजसेवा गर्दथे । गैरआवासिय नेपाली संघको बिधानअनुसार अध्यक्ष पदको उम्मेदवार हुनका लागि एक कार्यकाल कुनै पदमा रहेको हुनेपर्ने व्यवस्था छ । त्यसैले शाहले सचिवमा उम्मेदवारी दिएको बताएका छन् ।
शाहले २०२१–२०२३ कार्यकालको लागि सचिवमा उमेदवारी दिएको बताए । ठकुरीहरूको बिस्वब्यापी साझा संगठन ठकुरी सहयोग संजालका सस्थापक अध्यक्ष शाह युएनडिपीको एचआईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको थिए ।
२०७२ को भुकम्पमा पनि शाहले राहात, उद्दार तथा पुनर्वाबासका कार्यहरू गरेका थिए । उनले काभ्रे, र सिन्धुपाल्चोक जिल्लामा तामांङ, मगर तथा दलित समुदायका लागि ५२ ओटा अस्थाई आवास निर्माण गरेका थिए । गोरखा, लमजुंग, तनहु र नुवाकोटमा पनि भुकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएका थिए ।
शाह नेपालमा कृषिमा कार्य गर्थे । उनले दरबार कृिष तथा पशुपंक्षी फर्म सञ्चालन गरेका थिए । उनको फर्म गुल्मीको गुल्मी दरबार गाउपालिकामा बताएका छन् । अमेरिकामा भने भर्खर गएका हुने । शाह चलचित्रकर्मी भएको कारण पनि नेपाली कला संस्कृतीको संरक्षण तथा लुकेका सिर्जना प्रस्फुटनका लागी अमेरिकामा नेपाली टेलिसिरियल बनाउने योजनामा रहेको बताउछन् ।
नेपालको चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म्स अन्तर्गत निर्माता तथा निर्देशक सन्तोष सेनसंग चलचित्र प्रेम गीतका सेरिज तथा चंखे, शंखे, पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको कार्य गरेको बताएका छन् ।
उनले आफू आवद्ध चलचित्र प्रेम गीत ३ हिन्दी भाषामा भारतमा समेत प्रदर्शनको तयारीमा बताए । शाह नयाँ योजनाका साथ गैरआवासिय नेपाली संघको निर्णायक तहमा प्रवेश गर्न लागको बताए ।