श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ३१ गते बिहीबार, १४ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि ११ः३५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र रेवती १०ः४६ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरूसमेत टाढा हुनेछन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। कामबाट फाइदा लिने समय छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभचिन्तकहरूको साथले उत्साह जगाउनेछ। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।