श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ३० गते बुधबार, १३ मे २०२६, रौद्रनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि ०१ः४४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र भोलि १२ः२९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः१६ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। काम प्रारम्भ गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ। यात्रा खर्चिलो र कष्टपूर्ण हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरिएका कामको प्रशंसा हुनेछ। नियमित काम तथा पेसा–व्यवसायमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा फाइदा हुने समय छ।जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै समय अरूका लागि खर्चनुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला। मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ।