विराटनगर / नेपालमा पहिलो पटक फ्रेन्चआईज मल्टिब्राण्ड टु विलर्स सर्भिस सेन्टर स्पीड फोर्स विराटनगरमा संचालनमा आएको छ । केशरीचन्द भवरलाल एण्ड कम्पनी प्रालिले विराटनगर ४ स्थित बरगाछीमा स्पीड फोर्स सर्भिसको आईतबारबाट औपचारीक रुपमा उद्घाटन गरि सेवा सुरु गरेको हो । 

भारतको २२ राज्य  र ४५ वटा शहरमा १३५ आउटलेटको भव्य सफलतापछि विराटनगरमा पहिलो पटक सर्भिस सेन्टर संचालनमा ल्याएको हो । 

सेवाको भारतबाट आएका स्पीड फोर्स सर्भिसका निर्देशकद्धय निरव भट, दिपेन बराई र केशरीचन्द भवरलालका प्रवन्धक निर्देशक प्रसान्त तातेरले केक र रिर्वन काटेर सर्भिस सेन्टरको उद्धघाटन गरेका थिए । नेपालका लागी पहिलो पटक विराटनगरमा केशरीचन्द भवरलाल एण्ड कम्पनी प्रालिले स्पीड फोर्सको फ्रेन्चआईज सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

जुनसकै कम्पनीका दुई चक्के सवारी साधनको लागी स्पीड फोर्सबात सेवा प्रदान गर्नको लागी विराटनगरमा यो सेवा संचालनमा ल्याएको केशरीचन्द भवरलालका संचालक प्रसान्त तातेरले जानकारी दिए । विभिन्न मोटरसाइकलका कम्पनीहरुबाट अनुभवप्राप्त दक्ष प्राविधिक टोलीले अहिले स्पीड फोर्समा सेवा प्रदान गर्दै आएको छन् । भारतमा १३५ स्थानमा स्पीड फोर्सको आउटलेट पछि नेपालमा पनि पहिलो पटक यो सेवा प्रदान गरेको स्पीड फोर्सका निर्देशक निरव भटले जानकारी दिए ।

स्पीड फोर्समा सर्भिङ बाहेक मोटरसाईलका पार्टपुर्जा, ल्युव, ब्रेट्री पिकआप एण्ड ड्रप , ब्रेकडाउन, सवारी साधनको नया ईन्सोरेन्स तथा ईन्सोरेन्स नविकरण लगायतका सेवा प्रदान गर्दै आएको छ ।