विराटनगर । विराटनगर महानगरपालिकाकामा कार्यरत नगर प्रहरी हवल्दारको कोरोना संक्रमणबाट शनिबार विहान मृत्यु भएको छ ।

विराटनगर – ३ पुष्पलालचौक घर भएका ५७ वर्षिय नगर प्रहरी हवल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा नोबेल अस्पतालमा साढे ५ः४५ बजे मृत्यु भएको हो ।

पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पतालको आइसियूमा राखेर उपचारको क्रममा घिमिरेको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

हवल्दार घिमिरे १७ बर्षदेखि नगर प्रहरीमा कार्यरत थिए । अपरान्ह २ बजे परोपकार घाटमा दाहसंस्कार गरिने बुझिएको छ । नगर प्रहरी घिमिरेका दुई छोरा र श्रीमति रहेका छन् ।