धनकुटाको मुलघाट स्थित् तमोर नदीको किनारमा अवस्थित् विश्रान्तीमा निर्माण गरिएको अत्याधुनिक शवदाह भट्टी (फार्नेस) डिजेल प्लाण्टको मंगलवार देखी परिक्षण शुरु गरिएको छ । 

पहिलो पटक परिक्षणको रुपमा संचालनमा ल्याइएको शवदाह भट्टीमा धनकुटा नगरपालिका वडा नं.१ हिलेका वर्ष ७४ का स्वर्गिय डिल्ली वहादुर पिठाकोटीको सबलाई दाहसंस्कार गरिएको थियो । अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको सबदाह भट्टीमा पहिलो पटक स्वर्गिय पिठाकोटीको सबलाई निःशुल्क दाहसंस्कार गरिएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका मुख्य व्यवास्थापक जनार्दन घिमिरेले ब्लाष्टलाई बताए । 

वातवरणिय संतुलन कायम राख्न, इन्धन र समयको वचत गर्ने उदेश्यले निर्माण गरिएको आधुनिक प्रविधिको शवदाह भट्टी (फर्नेस) डिजेल प्लाण्टको लागी १ नम्वर प्रदेश सरकारले आ.व.०७६÷०७७ मा २५ लाख रुपयाँ लगानी गरेको थियो । यो प्रविधिको सबदाह भट्टी डिजल प्लाण्ट (फर्नेस)  १ नम्वर प्रदेश कै पहिलो भएको विश्रान्ती मन्दिर व्यवस्थापन समितिका घिमिरेले जनाएका छन् । उनले आधुनिक भट्टीमा शवदाह गर्दा पहिलो पटक परिक्षणको रुपमा केही दिन निःशुल्क गरिएपनि मन्दिर व्यवस्थापन समितिको साधरणसभाको निर्णयनुसार एउटा लासको ५ हजार रुपयाँ लिने बताए । शवदाह गर्न मन्दिर व्यवस्थापन समितिले भोलियन्टिर्स खटाउने र आगामी ३ महिनासम्मको लागी कुल मुल्य ५ हजारको २० प्रतिसत छुट गरेर ४ हजार मात्र लिने निर्णय भएको मन्दिरको मुख्य व्यवस्थापक घिमिरेले बताए ।   

शवदाह भट्टी धनकुटा नगरपालिका वडा नं.९ को वडा कार्यालयको पहलमा १ नम्वर प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको प्राविधिक सहयोगमा सब दाहसंस्कार गर्ने भट्टी (फर्नेस) निर्माण गरिएको हो । कार्यालयकानुसार यस खालको शवदाह गर्ने प्रविधि वातवरणिय स्वास्थ्यको अनुकुलताको हिसावले धेरै नै फाईदाजनक र इन्धन बचाउन सकिनेछ ।

डिजेल प्लाण्ट राखेर जेनेरेटरको माध्यामबाट मोटर संचालन गरी पंखा मार्फत  हावासंगै आगो लगाउँदा लास जलाउन छिटो र छरितो हुनेछ । नयाँ भट्टीमा शवदाह गर्न विश्रान्ति मन्दिर व्यवस्थापन समितिले भोलियन्टियर्सको रुप खटाइएका लालवहादुर राउतले भने–”सामान्यतया एउटा लास जलाउन औषत ४५ मिनेट समय र ३० देखी ३५ लिटर डिजेल लाग्ने रहेछ ।” उनले एउटा लास जलाए वापत ३ सय रुपयाँ पाउने व्यवस्था मिलाइएको छ । 

आधुनिक प्रविधिको डिजेल प्लाण्ट मार्फत निर्माण गरिएको सबदाह भट्टीमा लास जलाउँदा घाटमा फोहोर मैला नहुने र दाउराको लागी हैरानी खेप्न नपर्ने भएको छ । वनजंगलमा दाउराको लागी रुख काट्न नपर्ने, बोट विरुवा जोगीदा वातवरणीय अनुकुलता कायम रहन सहयोग पुग्ने हुनाले ठूलो राहात मिलेको भोलियन्टियर्स राउतले भने ।

विश्रान्ती मिन्दरका पुजारीको रुपमा लामो सहय देखी काम गरिरहेका टंक गौतम (प्रकास) ले भने–अब विश्रान्तीमा लास जलाउँदा दाउराको लागी झन्जट वेहोर्नु पर्दैन, यो सवै जनाको लागी सहजता मिलेको छ ।” उनले नत्र भने वर्षायामको भेलमा तमोर नदीले बगाएर ल्याएको मुढा निकाल्न जोखिम मोल्नु पर्ने वाध्यता थियो । त्यो सदाको लागी अन्त्य भएको छ । नदीले वगाएर ल्याएको काठ दाउरा सकिदा जंगलमा रुख काट्नु पर्ने अवस्था थियो, जस्ले गर्दा वनजंगल मासिने क्रम तिब्र रुपमा भैरहेको बेला यो नयाँ प्रविधिले बन मासिनबाट समेत जोगीने भएको छ । 

तमोर नदीको किनारमा रहेको विश्रान्तीमा पिठाकोटेको मलामी पुगेका धनकुटा–१ हिले राजेश कट्वालले आधुनिक प्रविधिको सबदाह गर्ने भट्टी निर्माणले लास जलाउन सहज भएको बताए । उनले सर्वसाधरण जो कोहीले पनि लास जलाउन सहयोग पुग्ने गरी न्यूनतम सबदाह शुल्क कम्तिमा ३ हजारसम्म कायम गर्न मन्दिर व्यवस्थापन समितिलाई अनुरोध गरे ।

त्यसै गरी धनकुटा न.पा.वडा नं.६ का शिव तिगेला लिम्वुले भने आधुनिक भट्टी नहुँदा लास जलाउने एक थाक दाउरालाई ४ हजार तिर्नु पर्दथ्यो । कसैकसैलाई २ थाक लाग्थ्यो । मन्दिर व्यवस्थापन समितिलाई ८ हजारसम्म मुल्य तिर्नु पर्दथ्यो । यो प्रक्रिया महँगो र झन्जटिलो भयो भनेर नै १ नम्वर प्रदेश सरकारले लाखौं रुपयाँ लगानी गरेर आधुनिक सबदाह भट्टी वनाउँदा सवै वर्ग, क्षेत्रका सवै खाले समुदायले शौलियतमा सबदाह गर्नु पाउनु पर्नेमा विश्रान्ती पुगेका तिगेलाले जोड दिए ।  

तस्विर नं.१÷धनकुटा नगरपालिका वडा नं.९ मुलघाट स्थित् तमोर नदीको किनार विश्रान्ती मन्दिरको नजिकै निर्माण गरिएको आधुनिक प्रविधिको शवदाह गर्ने भट्टी डिजेल प्लाण्ट (फर्नेस) मा पहिलो पटक परिक्षणको रुपमा सबदाह गरिदै ।