जिल्ला प्रशासन कार्यालय सुनसरीले मध्यरातीबाट लकडाउन जारी गरेपछि धरानकाे भानुचाेक सुनसान बनेकाे छ ।
यस अघि निषेधाज्ञा जारी गर्दा जाेरविजाेर प्रणाली अन्तरगत सवारिसाधन संञ्चालन गर्न दिएकाे थियाे तर काेराेना संक्रमणदर बढ्दै गएपछि मंगलबार डिसिसिएमसि बैठकले गयराती १२ बजेबाट बन्दाबदी गर्ने निर्णय गरेकाे थियाे ।
बन्दाबन्दी लालु भएसंगे धरानकाे भानुचाेक भएर संञ्चालन हुने लामाे तथा छाेटाे दुरीका सम्पुर्ण यातायात बन्द भएका छन् । धरान भित्रै सञ्चालन हुने टेम्फू, सफारी तथा अन्य सवारिसाधनलाइ पनि राेक लगाइएकाे छ ।
जिल्ला प्रसासन कार्यालयले औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको छ ।
औषधी बहेकका अत्यावश्यक बस्तुकाे खरिद, बिक्री लागी विहान ६ बजेदेखि १० बजेकाे समय ताेकिएकाे छ ।




