खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईका १० वर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।