ताप्लेजुङ। ताप्लेजुङमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
१ सय ६६ जनाको नमुना परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १२ जना महिला र १८ जना पुरुष रहेका छन् ।
गत आईतबार १ सय ८३ जनाको स्वाब संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएकोमा १५ जनाको स्वाबको स्याम्पल लिकेज भएको थियो भने २ जनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिईन् ।
खरेलका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ पुगेको छ । यसअघि सोमबार संकलित ५८ जनाको रिपोर्ट समेत आउन बाँकी छ । ताप्लेजुङमा संक्रमणकै कारण ३ जनाले ज्यान गुमाएकाछन् ।