संखुवासभा । संखुवासभा थप ३६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमित हुनेको संख्या ६९ जना पुगेको छ ।

उपचारपछि निको भएर १४ जना घर फर्कि सकेका छन् भने बाँकी उपचाररत छन् । ५५ जना सक्रिय संक्रमि तरहेकोमा जिल्ला बाहिर उपचारको लागि प्रेषण भएको ५ जना रहेको स्वास्थ्य कार्यालयका प्रवक्ता राषण श्रेष्ठले बताए । 

हालसम्म जिल्लामा २ सय ४९ जनाको पिसिआर र ८२ जनाको एन्टिजीन परिक्षण गरिएको छ । पिसिआर गर्दा ५५ र एन्टिजीनमा १३ जना संक्रमण भेटिएको हो ।

जिल्लामा रहेका ४९ जना सक्रिय संक्रमितहरु मध्ये ५ जना संस्थागत आईसोलेशन र बाँकी ४४ जना होम आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने कोरोना संक्रमणका कारण संखुवासभामा मृत्यू भएको छैन । 

जिल्लामा रहेको ४ वटा अस्पतालमा ९५ वेड रहेको छ । २ वटा भेन्टिलेटर रहेको छ भने आईसियु नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।