नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक उत्सवको अवसरमा बुधबार उर्लाबारीमा आयोजित रक्तदान कार्यक्रममा ९ जनाले रक्तदान गरेका छन् ।
सो कम्पनीको सामाजिक उत्तर दायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरिएको शाखा प्रबन्धक रोशनकुमार यादवले बताए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ९ जनाले रगतदान गरेको शाखा प्रबन्धक यादवले बताए ।
कोभिड–१९ को संक्रमणको समयमा पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर रक्तदान गरिएको प्रालिका वरिष्ठ एजेन्सी मेनेजर चेतराज श्रेष्ठले बताएका छन् ।