पाँचथर जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन् बढ्न थालेको भन्दै जिल्ला अनुगमन समितिले चासो देखाएको छ । अवैध उत्खनन्ले धन जनको ठूलाे क्षति हुने भन्दै समितिले चासो दिएको हो । समितिले अनुमति बिना अवैध नदीजन्य र क्रसर उद्योगजन्य पदार्थ निकासी र उत्खनन गरे कारवाहि गर्नेे निर्णय गरेको छ ।
जिल्लाको अनुगमन प्रतिवेदनमा छलफल पछि यस्तो निणर्य गरिएको हो । प्रतिवेदन समितिका सदस्य तथा इञ्जिनियर प्रेमकुमार काफ्लेले बैधानिक पक्ष र अवैधानिक पक्ष लिखित प्रतिवेदन प्रस्तु गरेका थिए ।
अनुगमन समितिले गत मंगलबार छिमेकी जिल्ला तेह्रथुमको आडराई तमोर र हेवाखोलाको अनुगमन गरेको थियो । अनुगमन पछि बसेको बैठकले महत्वपूर्ण निणर्य गरेको छ । समितिले ढुंगा, गिटी, बालुवा उत्खनन्, दिगो तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ उपदफा ७ अनुसार सम्बन्धित स्थानीय तहले ढुंगा गिट्टी बालुवा उत्खनन् गर्न, मापदण्ड र वातावरणीय संरक्षणलाइ अनुगमन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै जिल्लाभित्र ढुंगा, गिट्टी, वालुवा जस्ता नदीजन्य खनिज पदार्थको खानिहरु कँहा, कँहा छन, पहिचान गरी ती खनिजहरुको गुणस्तर समेत जाँच गरी नदीबाट उत्खनन् हुने खनिज पदार्थका विकल्प जिल्लाका सवै स्थानिय तहहरुले पहिचान गर्दै जाने निर्णय गरिएको छ । स्थानीय तहहरुले छिमेकी जिल्लाहरुका स्थानीय तहहरुसंग र जिल्ला भित्रकै स्थानीय तहहरुले सीमा, खोला, नदीहरुमा ढुंगा, गिटी, बालुवाको उत्खनन्को लागि सयुक्त रुपमा साझेदारीमा ठेक्का व्यवस्थापपन गरी नियमित उत्खनन्को लागी पहल गर्ने निर्णय समेत समितिले गरेको छ ।
त्यस्तै असार, साउन, भदौ महिनामा नदीजन्य पदार्थ उत्खनन् गर्न नदिन र अहिले भईरहेको उत्खनन्लाई स्थानिय प्रशासनको सहयोगमा स्थानीयतहरुले तुरुन्त रोक्का गर्ने र प्रदुषण वातावरण परिक्षण भन्दा वाहिर उत्खनन् भएका नदीजन्य पदार्थहरुको उत्खनन् रोक्न सम्वन्धित सवै स्थानिय तहहरुलाई निर्देशन दिने निर्णय गरिएको छ ।
हाल जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरुको वैधानिकता को कागजातहरु सरोकारवालाहरु, निकायहरुवाट उक्त निर्णयको कागजात पत्र १५ दिन भित्र माग गर्ने निर्णय गरेकोे समेत अनुगमन समितिले जनाएको छ ।
बैठक जिल्ला अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति सदस्य प्रमुख बिष्णुप्रसाद साप्कोटाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा नगर प्रमुख ओनाङ नेम्वाङ, उप प्रमुख उर्मिला प्रधान, प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकाल, नगर प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद अधिकारी, डिएस्पी दानबहादुर थापा, इञ्जिनीयर प्रेमकुमार काफ्ले जिल्ला स्थीत सरकारी कार्यलयका प्रतिनिधिहरुले आ–आफ्नो अनुभव र अनुगमन प्रभावकारी बनाउन जोड दिएका थिए ।
