शनिबार साँझ मेलम्ची नदीमा एक्कासी ठूलो बाढी आएको छ ।
एक्कासि ठूलो बाढी आएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन् ।
शनिबार साँझ आएको बाढी पनि यसअघि बगेको मेलम्चीस्थित चनौटे बजारको बीच भागबाट बगेको प्रजिअ पोखरेलले बताए ।
एक्कासी ठूलो बाढी आएपछि तटिय क्षेत्रमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको छ ।
हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।