वराहक्षेत्र/ वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा नयाँ पिडि संस्थाद्वारा वृक्षारोपण कार्यक्रम गरेको छ ।
वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा तिन विद्यालयमा विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरिएको छ ।
संस्थाले तिन वटा विद्यालयको खाली स्थानमा वृक्षारोपण गरेको हो ।
शनिबारका दिन चक्रघट्टीको तिन वटा कोशी माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र सप्तकोशी बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ ।
उक्त वृक्षरोपण कार्यक्रममा संस्थाका सदस्य तथा संस्था भन्दा बाहिर रहेका स्थानीय व्यक्ति, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष शिशिर तामाङले भने ‘नयाँ पिढि संस्थाले यो वृक्षरोपण कार्यक्रम त एउटा संस्थाको सुरुवात कार्यक्रम मात्रै रहेको हो ।’
वृक्षारोपण संगै विरुवा संरक्षणमा समेत लाग्न तामाङले आग्रह गरे ।
यस संस्थाले सामाजिक कार्यक्रम प्रत्येक महिनामा नयाँ– नयाँ प्रकारका युवालाई लक्षित तथा समाजीक कार्यक्रम, पिडित वर्गलाई सहयोग, पढाइबाट बञ्चित रहेका बालबालिकालाई सहयोग उपलब्ध गराउने, युवाहरुको बौद्धिक विकास गर्ने खाल्का कार्यक्रम यस संस्थाले गर्ने बताए ।