भद्रपुर। झापाको भद्रपुर क्षेत्रबाट तस्करी मौलाएको पाइएको छ । आइतबार विहान सशस्त्र प्रहरीले ५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेपछि तस्करी मौलाएको पुष्टि भएको हो ।
सशस्त्र प्रहरी २ गण हेडक्वाटर झापा मातहत बिओपिबाट इन्सपेक्टर बिभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सामान बरामद गरेको सो कार्यालयले जनाएको छ ।
अवैध रुपमा भारतबाट नेपालतर्फ टाउकोमा बोकेर ल्याउदै गरेको अवस्थामा भद्रपुर ४ स्थित डाँगीबारीबाट कपडा बरामद गरिएको सुचना अधिकारी प्रेम बहादुर भण्डारीले जानकारी दिए । प्रहरीलाइ देख्नेवित्तिकै मानिस फरार भएपनि सामान बरामद गर्न सफल भएको भण्डारीले बताए ।
बरामद लत्ताकपडामा ४ सय २१ थान टी— सर्ट रहेको प्रहरीले जनाएको छ । अन्दाजी ५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको एसपी रमेश कुमार पाण्डेले बताए ।
त्यसैगरी बिओपि केचनाबाट इन्सपेक्टर भक्त बहादुर थापाको नेतृत्वमा खटिएको टोलीले करीब १३ हजार रुपैयाँ मूल्य बराबरको १३ बोरा भारतीय युरीया मल बरामद गरी दुवै सामग्री भद्रपुर भन्सार कार्यालयमा भन्सार दाखिला गरेको उनले जानकारी दिए ।