सुनसरी/ सुनसरी कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मिस्त्रीको घटनास्थलमानै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ईनरुवा नगरपालिका १०  जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् ।

आज दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाऊपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी समेत घाईते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ । 

घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।