राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक सिद्धराज राईलाई आज गृह जिल्ला धनकुटामा सम्मान गरिएको छ । नेकपा (एमाले) जिल्ला कमिटी र प्रेस चौतारीले महाप्रबन्धक राईलाई सम्मानसहित बधाई ज्ञापन गरेको हो ।
पार्टी कार्यालय सिरवानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष राजेन्द्र राई र प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचालले सम्मानपत्र र दोसल्ला ओढाएर राईलाई सम्मानित गरेका थिए ।
प्रेस चौतारी धनकुटाका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य राई मन्त्रिपरिषद्को निर्णयअनुसार राससको महाप्रबन्धकमा नियुक्त भएका थिए । उनले असार १० गते रासस महाप्रबन्धकको पदभार ग्रहण गरेका थिए ।