मोरङको बेलबारी नगरपालिका–११ जुरेमा आइतबार साँझ एक महिलाको शव भेटिएको छ । बारीमा मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी–११ की ५८ वर्षीया कविता बुढाथोकीलाई घरनजिकको मकैबारीमा मृत फेला पारिएको हो । परिवारका सदस्यबाट अलग भएर उनी घरमा एक्लै बस्दै आएको खुलेको छ । 

डिएसपी श्रेष्ठले मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।