इलाममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

इलाम रोङ गाउँपालिका ६ सलकपुर की ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

हिजो दिउँसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्ने मेशिनमा लाइन जोड्ने क्रममा मेशिनमाथि राखेको सुइटर बेरिएपछि निकाल्ने क्रममा करेन्ट लागी तामाङ घाइँते भएकी थिइन् । तामाङको उपचारको लागी लैजाने क्रममा दिउँसो ११ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । 

घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरी चौकी जिर्मले र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।