बराहक्षेत्र/ गछिया जेसिजका पुर्व अध्यक्ष अमिष ढकालले नेपाल जेसिजको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । जेसिज सन् २०२२ को कार्यसमितिको लागि उनले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । जेसिजमाझ जुझारु र क्रियाशील व्यक्तिको रुपमा परिचित उनलाई जेसिजकर्मीले स्पष्ट वक्तको रुपमा चिन्ने गर्छन् । जेसिज अभियानलाई पुर्ण प्रविधिमैत्री बनाउने उनको योजना रहेको छ ।
देशभर अभियान चलाएर युवाहरुलाई जेसिजमा आवाद गराउने र युवाहरूलाई उधमिशिलतासंग जोडेर नेतृत्व बिकास, क्षमता विकास र आयआर्जनतर्फ आकार्षित गराउने आफ्नो योजना रहेको बताए । जेसिजमा रहेका १८ देखि ४० बर्षसम्मका युवाको हितमा आफुले कार्यक्रम ल्याउने उनको भनाई छ । युवाहरुलाई सक्षम बनाउन उनिहरुको बित्तिय स्वतन्त्रताको आवश्यक्ता पर्ने हुनाले सकेसम्म धेरै युवाहरूलाई उधमी बनाउने ढकालले बताए ।
सन् २०१७ मा गछिया जेसिजको अध्यक्ष रहेका उनी नेपाल जेसिजको वर्ष २०१८ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तै नेपाल जेसिज वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । गछिया जेसिजको पाँचौं बोर्ड बैठक तथा तेस्रो साधारणसभाको निर्णय अनुसार सन् २०१७ का अध्यक्ष ढकाललाई नेपाल जेसिज वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय गरिएको गछिया जेसिजका महासचिव रोशन खनालले बताए ।
स्थापनाको छोटो समयमा उत्कृष्ट गतिविधि गरि देशभर रहेका जेसिजसहकर्मीहरुको मन जित्न सफल गछिया जेसिजले सबै जेसिजकर्मीलाई साथ र सहयोगको लागि हार्दिक अनुरोध गर्दै चाँडै नै ‘अमिष ढकाल लाई जिताऊ’ अभियान सञ्चालन गर्ने गछिया जेसिजका तालिम संयोजक नवराज पोख्रेलले बताए ।