इटहरी उपमहानगरपालिका १६ लायन्स चौक स्थित पूर्व-पश्चिम लोक मार्गमा ट्रकको ठक्करबाट स्वकुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला गाउँपालिका २ का २० वर्षीय बिबिसन बिक रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।  

कार्यालयका अनुसार हिजो राती साँवा ११ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिसाबाट जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पलकीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ ।