धनकुटा । मर्यादित काम गर्न सके मात्र दिगो विकासको आधार तय हुने बिहीबार आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् ।
गैह्र सरकारी संस्था महासंघ धनकुटाले आयोजना गरेको विकासमा र स्थानियकरण विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । सो अवसरमा धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापक किरण घिमिरेले “दिगो विकास र स्थायिनकरण विषयक” कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमा प्राध्यापक घिमिरेले सहभागीहरु माझ दिगो विकासका सूचकहरुको चर्चा परिचर्चा गरेका थिए । उनले भने–“हामीे विकासको नाममा गरिरहेको बिकास निर्माण कार्य दिगो विकास लक्ष्यसँग मेल खाईरहेको छ रु भन्दै सरोकारवालाहरुसँग प्रति प्रश्न गरेका थिए ।” घिमिरेले दिगो विकासको ऐजेण्डा भनेको के हो, दिगो विकासको एजेण्डाको प्रतिपादन कस्ले गरेको हो, दिगो विकास लक्ष्य भित्र कुन कुन विषयवस्तु समावेश गरिएको छ रु आदिका बारेमा चर्चा गरेका थिए ।
दिगो विकासका सूचकहरुको चर्चा गर्दै कार्यपत्र प्रस्तोता घिमिरेले पृथ्वी, मानव, समृद्धि, शान्ती र साझेदारी दिगो विकास लक्ष्यका पाँच स्तम्भ भएको बताए । साथै अन्त्यमा उनले सह–साब्दी विकास लक्ष्यका १७ वटा सूचकहरुको पनि वुँदागत रुपमा व्याख्या गरेका थिए ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कृषि ज्ञान केन्द्र धनकुटाले आ.व.०७७/०७८ मा सञ्चालन गरेको कार्यक्रमहरुको बारेमा कृषि विकास अधिकृत निर्मल धमलाले प्रगती बिवरण सुनाएका थिए ।
त्यसैगरी रेशम विकास कार्यक्रम धनकुटाका प्राविधिक सहायक शशीकुमार सिंहले आफ्नो कार्यालयले आ.व.०७७/०७८ मा सम्पादन गरेको प्रगती बिबरणको प्रस्तुती दिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका पशुविकास अधिकृत पुष्पराज बरालले पनि आफ्नो कार्यालयको प्रगती प्रतिवेदन प्रश्तुत गरेका थिए ।
यूएनडिपी, करुणा फाउण्डेशन र धनकुटा नगरपालिकाको सहयोगमा सम्पन्न विकास र स्थानियकरण अन्तरक्रिया कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ धनकुटाका प्रमुख मोहन राईले सह–स्राब्दी विकास लक्ष्य सन् २०३० सम्ममा विकाशिल राष्ट्रमा पुग्न धनकुटामा विविध शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताईन । उनले गुणात्मक शिक्षा, मुख्य लक्ष्य र उदेश्य पुरा गर्न विविध कार्यक्रम अघि वढाईरहेको दावी गरिन ।
राईले सरकारले चाहेको गुणात्मक शिक्षा र दिगो विकासका लागी तिन वटा शिर्षकमा काम गरिरहेको बताईन् । जस्मा समतामुलक समाज, समावेशिता र गुणात्मक शिक्षा एसडिजिएस कार्यक्रमलाई इजिआरपी कार्यक्रममार्फत सञ्चालनमा आएको बताए ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, हुसाडेक नेपाल धनकुटाका खिन्द्र अधिकारी, पर्डेप नेपालका कार्यकारी निर्देशक मिन सुवेदी, शहिद सरोकार समाज धनकुटाका अध्यक्ष तिलक प्रसाद राई, सामुदायिक विकास मञ्च नेपालका सावित्रा राई, सल्भ नेपालका ज्योती प्रधान, नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाका सभापती हरी नाम्दुङ राई, करुणा फाउण्डेशनका धनकुटा प्रतिनिधि चन्दन रौनियारले आ–आफ्नो कार्यालय र संस्थाले आ.व.०७७/०७८ मा सञ्चालन गरेका कार्यक्रमहरुको प्रगती प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रगती प्रतिवेदनहरु माथि टिप्पणी गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरको १० वटै वडामा पर्डेप नेपालसँग मिलेर गरिबी निवारण गर्नका लागि कृषि र पशुपालनको क्षेत्रमा नयाँ नयाँ काम गरिरहेको बताए ।
गरिबी न्यूनिकरणको लागी नगरपालिकाले आर्थिक उपार्जन र समृद्धिका लागि स्वास्थ्य, स्वच्छ खानेपानीलाई ध्यान दिएर काम गरिरहेको नगर प्रमुख तामाङले दावी गरे ।