विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्बारी दर्ता गराएका छन् ।

आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

युवाबीच लोकप्रिय रहेका पौडेलले यसअघि जेसिजको विभिन्न पदमा रहेका काम गरेको अनुभव उनीसँग छ । सामाजिक कार्यमा पनि सक्रिय पौडेल निवर्तमान नेपाल जसिजको राष्ट्रिय उपाध्यक्ष हुन् ।

यसअघि राष्ट्रिय उपाध्यक्ष र विराटनगर जेसिजको अध्यक्ष भएर युवाहरूको नेतृत्व विकासमा सक्रिय रहेका पौडेलले सक्षम युवा निर्माण गर्नका क्रियाशिल भएर लागि पर्ने बताएका छन् ।

‘समग्र युवाहरूको क्षमता अभिवृद्धि गर्दै उधमशिल युवा बनाउनका लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छु,’ उनले भने, ‘नेतृत्व र ब्यक्तित्व बिकासमात्र नभएर अब युवा उधमशिल तर्फ पनि अगाडी बढनुपर्छ भन्ने मेरो मुल्य मान्यता हो ।’

जेसिजका युवा हरेक क्षेत्रमा अब्बल भएर निस्कनु पर्ने र त्यस्ता युवाहरु निर्माण गर्न आफू सधै क्रियाशिल भएर लागि पर्ने उनले बताए । ‘समाजका जुनसुकै क्षेत्रमा चाहे त्यो राजनीति होस वा अन्य ब्यबसाय या त कुनै उद्यम हरेक क्षेत्रमा सक्षम युवा निर्माण गर्नका लागि आफू लागि पर्नेछु,’ उनले भने ।

यस अघि पौडेलले बर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेद्बारी पनि दिएका थिए । तर, उनले सहमति र सहकार्यका लागि आफ्नो उम्मेद्बारी अन्तिम समयमा आएर फिर्ता लिएका थिए । जेसीजको राष्ट्रिय अध्यक्षको लागि पौडेलको पालो पनि आइसकेकोले उनले सबै जेसिजको साथ सहयोगको कारणले उम्मेदवारी दर्ता गराएका हुन् ।

विराटनगरस्थित मोरङ सहकारी अस्पताल, कोशी हेल्थ कलेज, निको अस्पतालको संचालक समेत रहेका पौडेल जेसिज अभियानमा समर्पित हुँदै जेसिजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा सहभागि भइसकेका छन् ।

उनले उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९, उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८ बाट समेत राष्ट्रिय स्तरमा पुरस्कृत भइसकेका छन् ।  उनी राष्ट्रिय पदाधिकारी रहदा १५६ शाखाको भ्रमण गरि हरेक जेसिजका सदस्यहरुसँग हातेमालो गर्दै अघि बढेका छन् ।

नेपाल जेसिजको राष्ट्रिय अधिबेशन आउँदो पौष १,२,३,४ गतेसम्म पोखरामा हुदैछ । उक्त सम्मेलनमा देशभरीका जेसिजका १६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्ने गर्छन । सम्मेलनबाट राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारी निर्वाचित हुनेछन् ।