धरान/धरान–४ पत्रङ्बारीमा स्थानीय र नगरको सहयोगमा निर्मित अस्थायी प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
पाँचकोठे भवन शनिबार नगर प्रमुख तिलक राईले उद्घाटन गरे । नगरको ३ लाख, स्थानीयको ४ लाख ७३ हजार पाँच सय रुपैयाँ र जनसहभागिताबाट २ लाख ४० हजार रुपैयाँको लागतमा भवन बनाइएको भवन निर्माण समितिका अध्यक्ष टङ्क राना मगरले बताए । भवन निर्माणका लागि समाजसेवी सम्राट क्षेत्रीले ३ कठा १ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए । नगर प्रमुख राईले जनस्तरबाट प्रहरी चौकी भवन निर्माण हुनु सह्रानीय रहेको बताए ।