विजयपुर/नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले धरान–२० विष्णुपादुकाका पहिरो पीडितलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

शनिवार समाजवादी निकट अनेरास्ववियू सुनसरीले पहिरो पीडित तथा विपन्नलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो । राहत तथा स्वास्थ्य सामाग्री ७ परिवार र १ अशक्त परिवारलाई राहत वितरण गरेको छ । विष्णुपादुकाका पहिरो पीडितलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष अतीतकिरण नेपालले जानकारी दिए । उनका अनुसार चामल, नुन, तेल, न्युटेला, चाउचाउ, चिउरा र औषधि प्रदान गरिएको हो ।