धरान / तेह्रथुमको म्याङ्लुङ–८ आङ्बुङ निवासी मृगौला पीडित भिमकुमारी निङ्लेकूको उपचारका लागि ६६ हजार रुपैयाँ सहयोग गरिएको छ ।

याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सन बुटिकले संयुक्त रुपमा ६६ हजार रुपैयाँ सहयोग गरेका हुन् । संविधानसभा सदस्य किरणकुमार राई र सैनिक आवासीय महाविद्यालय धरानका अध्यापक मन्टुजङ राई (मदन ब्रदर)को हातबाट हस्तान्तरण गरिएको हो । निङ्लेकुको उपचार सहयोग अभियानमा तुफान सुहाङले ५ हजार र बेलायतमा रहेकी सिर्जना निङ्लेकुले ३० हजार रुपैयाँ सहयोग गरेका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा साहसिक खेल प्रदेश नम्बर १ का अध्यक्ष भूपाल राई, नायिका, मोडल रेखा लिम्बू, मिस्टर धरान २०६८ दिनेश सिङ्गक, बिरामीका श्रीमान धनबहादुर खापुङ लगायतको उपस्थिति रहेको थियो ।