अविरल वर्षाका कारण विमानस्थलमा बाढी पसेपछि तीन दिनदेखि अवरुद्ध विराटनगर विमानस्थल  सञ्चालनमा आएको छ । 

कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको  विमानस्थल आजबाट संञ्चालनमा आएको हाे । विमानस्थलमा बाढी पसेपछि धावनमार्ग, पार्किङ एरियालगायतका ठाउँ डुबानमा परेकाे थियाे । विमानस्थल जलमग्न भएपछि  कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार  विराटनगरमा  विमानस्थलमा आज दिनभरमा १८ वटा फ्लाइट हुने छ । प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको जनाएकाे छ ।