१ नम्बर प्रदेश प्रहरी कार्यालय (आरआइटी)काे टाेलीले धरान बैंकिङ्ग कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ गरेकबाे छ ।
पक्राउ पर्नेमा उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साह रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार मोरङ उच्च अदालतले २०७६ माघ ६ गते १ महिना कैद तथा ५ लाख जरिवानाको सजाय निर्धारण फैसला गरेकाे थियाे ।
लगत नम्बर ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई आज पक्राउ गरि जिल्ला अदालतमा बुझाइएको कार्यालयले जनाएकाे छ ।