काठमाण्डाैकाे मण्डिखाटारमा  पतञ्जली नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जली सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीलाई जग्गा उपलब्ध गराउने बताएका छन्। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले पतञ्जलीलाई सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् । उनले भने "नेपाल सरकार पूरा सहयोग गर्न तयार छ। यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ "

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको  बताएका छन् । उनले पतञ्जलिका संञ्चालक बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।