धरान । झापा घर भई विराटनगरमा कपडाको व्यवसाय गर्दै आएका ३८ वर्षीय अशोक प्रसाद कोइराला एक सातादेखि सम्पर्क विहिन भएका छन् ।
विराटनगर ११ पिचरा निवासी कोइराला कार्तिक २८ गते विहान परिवारलाई जानकारी नदिई घरबाट हिडेको उनकी श्रीमति लक्ष्मी लिम्बु कोइरालाले बताईन् । कोइराला हराएपछि कार्तिक २९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएपनि हालसम्म पत्ता नलागेको उनले बताईन् । उनले भनिन्, ‘प्रहरीमा निवेदन दिएँ, चिने जानेका सबैसँग सोधखोज गरिसकें तर कतै फेला पर्ने भएन ।’ उनले अघिल्लो दिन सामान्य भनाभन भएको त्यस बाहेक अन्य कारण नरहेको भन्दै कसैले अपहरण गरेको हो वा आफैं कतै गएका हुन् बुझ्न नसकेको बताईन् । श्रीमति लक्ष्मी भन्छिन्, ‘उहाँ जहाँ भएपनि एकपटक सम्पर्कमा आईदिए हुन्थ्यो । कसैले देखेमा खबर गरिदिनु होला ।’
प्रहरीले भने कोइरालाको खोज तलास भईरहेको जनाएको छ ।