विजयपुर/ किरात राई यायोक्खा सुनसरीको अध्यक्षमा राजेन्द्र राई निर्वाचित भएका छन् ।

यायोक्खाको ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट प्रतिद्वन्द्वी हिन्दुहाङ राईलाई १० मतले पराजित गर्दै राजेन्द्र निवार्चित भएका हुन् । विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भएका राईले ४५ मत प्राप्त गरेका थिए ।

अध्यक्षबाहेक अन्य पदाधिकारी र १६ जना कार्यसमिति सदस्य भने सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा सुवित्रा राई र चन्द्रकला राई चयन भएका छन् ।

सचिवमा नवीन राई, सह–सचिवमा शम्भु पृथक राई, रमेश राई र यलमहाङ राई, कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ र सह–कोषाध्यक्षमा मेनुका राई चयन भएकी छन् । सचिव र कोषाध्यक्ष निर्विरोध चयन भएका थिए ।

उपाध्यक्षमा मनोनयन दर्ता गराएका रेवतीरमण राई, सह–सचिवमा दुर्गाकुमारी राई र सह–कोषाध्यक्षमा केशव राईले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत भएको नवनिर्वाचित कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । त्यस्तै २५ सदस्यीय कार्यसमितिको १६ सदस्यमा २५ जनाको उम्मेदवारी परेको थियो ।

तर, १० जनाले उम्मेदवारी फिर्ता लिएपछि सदस्य पनि सर्वसम्मत चयन भएका हुन् । चयन भएका सदस्यहरूमा दुर्गाकुमारी राई, सविता राई, इन्दिरा राई, चन्द्र बान्तवा राई, गोपाल राई, चन्द्रकुमार राई, महेश राई, शिवकुमार राई, तेज बान्तवा राई, क्षितिज राई, केशव राई, शरण पुमा राई, मोहन छिलिङ राई, महेन्द्रभक्त राई, विकास राई र कमला राई रहेका छन् ।