विजयपुर/ धरान–११ स्थित हिमाल सुन्दर सेवा समाजका फुटबल खेलाडीहरूलाई नेकपा (माओवादी केन्द्र) धरान–११ का अध्यक्ष जितराज राईले जर्सी सेट सहयोग गरेका छन् ।
शनिबार समूहको भवन परिसरमा खेलाडी टिम क्याप्टेन राजेश राईसहितको समूहलाई उनले जर्सी सेट हस्तान्तरण गरेका हुन् । कुल ११ हजार ८ सय रुपैयाँको जर्सी सेट प्रदान गरेको अध्यक्ष राईले जानकारी दिए ।
धरान–११ मा शनिबारदेखि सुरु भएको ‘वडाध्यक्ष कप’ फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई जर्सी सेट प्रदान गरेका हुन् । उनले स्थानीय नवखेलाडीहरूलाई प्रोत्साहन स्वरूप जर्सी सेट सहयोग गरेको बताए ।
उनले युवा खेलाडीहरूको विकासका लागि प्राथमिकता दिनुपर्ने बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।