उर्लाबारी/उर्लाबारी जेसीजको शनिबार सम्पन्न २४ औ“ शाखा अधिवेशनले तारानाथ दाहालको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।
वर्ष २०२२ का लागि अधिवेशनले कार्यकारी उपाध्यक्षमा भीमप्रसाद घिमिरे, भाइटीका भट्टराई, उपाध्यक्षमा देवेन्द्र खड्का, खेमराज मगर, अजय गौतम, पार्वती थापा र जनसम्पर्क अधिकारी साजन कुँवर छन् । निर्वाचन अधिकृत यज्ञराज भण्डारीका अनुसार अध्यक्षले जेसीजको विधानअनुसार समितिलाई पूर्णता दिनेछन् । उर्लाबारी जेसीज वर्ष १९९७ मा स्थापना भएको हो ।