धनकुटा। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा विनु चेम्जोङलाई सर्वसम्वत रुपमा चयन गरेको छ ।  

आदिवासी जनजाति पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका महासचिव विदुर खवासको प्रमुख आतित्थ्यमा सम्पन्न चौथो जिल्ला अधिवेशनको वन्द सत्रले सर्वसम्वत रुपमा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत चेम्जोङलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्ष मानवी मोक्तान तामाङ, सचिवमा पूर्णकुमार चौधरी, सह–सचिवमा जयन्ती राई र कोषाध्यक्ष विश्वराज श्रेष्ठलाई चयन गरिएको छ ।  

त्यसैगरी १३ सदस्यीय जिल्ला कार्य समितिको सदस्यहरुमा कुशुम राई, कल्पना तामाङ, उत्तमकुमार देवान, विवेक तामाङ, सफल राई, कृष्णा राई, चाँदनी राई र अनिता राईलाई सर्वसम्वत रुपमा चयन गरिएको छ ।

त्यसैगरी फोनिज १ नम्वर प्रदेश प्रादेशिक प्रतिनिधिमा  सन्तवीर लामा, व्रम्हलाल हजारी, अजयसन्ताषी राई, सर्मिला राई, हिमाकुमारी चेम्जोङ, आकृति आठपहरिया, भुदेवनारयण भगत, नरेन्द्र राई, नारयण कुमार राई र ठगिन कुमार राईलाई चयन गरिएको छ ।

त्यसैगरी संघिय प्रतिनिधिमा सञ्जय सन्ताषी राई, विजय सन्ताषी राई, राजेश्वर वहादुर श्रेष्ठ, नरेन्द्र राई, विदुर खवास, यानिन्द्र तिगेला र बालिका मादेनलाई सर्वसम्वत रुपमा चयन गरिएको छ ।

शनिबार राती अवेरसम्म संचालन भएको वन्द सत्रले अध्यक्षको प्रत्यासी उम्मेद्धवारमा ५ जनाले अडान लिएका कारण केही ढिला भए पनि अन्त्यमा गएर सहमती नेतृत्व चयन गरिएको थियो ।   

फोनिज धनकुटा शाखाका तत्कालिन अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा फोनिजका संघिय समिति सल्लाहकार संजय सन्तोषी राई, फोनिज प्रादेशिक समितिका महासचिव विदुर खवास, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ, एकल जातिय पत्रकार संघहरुमध्ये थारु पत्रकार संघ धनकुाटका अध्यक्ष व्रम्हलाल हजारी, स्थानिय रेडियोहरुको तर्फबाट रेडियो मकालुका अध्यक्ष शोविस चेम्जोङ, प्रेस संघ, संगठनहरुको तर्फबाट इश्वर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।