धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले वितरण गर्दै आएको आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार यो वर्ष रेडियोकर्मी सर्मिला राईलाई प्रदान गरिएको छ ।
रेडियो लालीगुराँस १०५.२ मेगाहर्ज हिलेमा समचार सम्पादक पदमा कार्यरत राईलाई फोनिज धनकुटा शाखाको तर्फबाट कार्यक्रमको प्रमुख अतिथि विदुर खवासले सम्ममान पत्र र ५ हजार, नगदसहित सम्मान गरिएको छ ।
वि.सं.२०६३ साल देखी नेपालगञ्जबाट पत्रकारिता शुरु गरेकी राई वि.सं.०६६ सालदेखि धनकुटाको हिलेमा रहेको निरन्तर रुपमा पत्रकारिता गरिहेकी छन् ।
धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं.८ मुगा घर भएकी राई विशेष गरेर सामाजिक सेवा र पत्रकारितामा बढी रुची राख्ने गरेकी छन् ।