धरान । हङकङका पत्रकार किसन राईको मृत्यु शंकास्पद भएको भन्दै हङकङस्थित नेपाली समुदायका विभिन्न संघ संस्थाले निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

किरात राई यायोक्खा हङकङको नेतृत्वमा विभिन्न १६ संघ संस्थाले हङकङ स्थित नेपाली महावाणिज्य दुतावास मार्फत मागपत्र बुझाउँदै छानबिनको माग गरेका हुन् । पुख्यौली थलो ओखलढुङ्गा पुगेर खोटाङ हुँदै धरान फर्किने क्रममा गत कार्तिक ७ गते उनको मृत्यु भएको थियो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाच्युरीडाँडाको पंखुमा राईको हात खुट्टा भाँचिएको अवश्थामा शव फेला परेको थियो । प्रहरीले भीरबाट लडेर उनको मृत्यु भएको बताएको थियो । तर उनको परिवारले घटनास्थलको अवश्था, पोष्टमार्टम रिपोर्ट तथा शवको प्रकृति हेर्दा घटना शंकास्पद रहेको भन्दै खोटाङ प्रहरीमा उजुरी दिएको छ । 

a26dbfdd-c2ff-4a3b-8aa3-7958ab780e1bb62a2f39-4c15-49db-acd8-eac470cc4b5f

मृतक राईका छोरा अरिमले घटनाको छानबिन माग गर्दै मंसीर २० गते खोटाङ जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि हङकङका विभिन्न संघ संस्थाहरुले पनि छानबिनका लागि सरकारलाई दबाव दिएका हुन् । डिसेम्बर १०मा नेपाली महावाणिज्य दुतावास, हङकङमा बुझाईएको माग पत्रमा यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राई, किरात याक्थुङ चुम्लुङ, हङकङका कार्यवाहक अध्यक्ष सम्सेर तुम्बाहाङ्फे, सुनुवार समाज, हङकङका अध्यक्ष श्याम सुनुवार,  किरात याक्खा छुम्मा,हङकङका अध्यक्ष पूर्णप्रसाद याक्खा, तमु ट्हो ह्युल, हङकङका अध्यक्ष विजयकुमार तमु, शेर्पा क्यिदुक, हङकङका अध्यक्ष पासाङ शेर्पा, तामाङ घेदुङ, हङकङका अध्यक्ष रमेश मोक्तान, चाम्लिङ खाम्बातिम, हङकङका अध्यक्ष कल्पना चाम्लिङ, साम्पाङ जुम्लेखा, हङकङका अध्यक्ष तेज साम्पाङ, पुमा तुम्खाबाङ्खाला, हङकङका अध्यक्ष पेङ पुमा, बान्तवा खिम, हङकङका अध्यक्ष दुर्गा बान्तवा, थुलुङ सामा, हङकङका अध्यक्ष राम ली थुलुङ, कोयी÷कोयु किम, हङकङका अध्यक्ष प्रकाश कोयी, बायुङ सुम्निखिम, हङकङका अध्यक्ष लोखराज बायुङ, दुमी फन्सिकिम, हङकङका अध्यक्ष कमल दुमी र नेपाल सोसाईटी, हङकङका अध्यक्ष इन्द्र वनेमले हस्ताक्षर गरेका छन् । 

विभिन्न संघ संस्थाका प्रतिनिधिले बुझाएको मागपत्र लिएपछि हङकङका लागि नेपाली महावाणिज्यदुत उदय राना मगरले आफ्नो च्यानल मार्फत नेपाल सकारलाई पत्र पठाएर छानबिनको पहल गर्ने वचन दिएको नेपाल सोसाईटी अध्यक्ष वनेमले जानकारी दिए । उनका अनुसार हङकङ सरकार मार्फत पनि राईको मृत्यु बारे छानबिनका लागि पहल गरिएको छ । 

42d3050c-c44e-4032-b176-9378f906e4e327e8bf98-778d-419c-951b-fe1eabb42b97