विजयपुर । समता समाज नेपालको आयोजनामा सञ्चालित बेसिक मेकअप तथा स्किन केयरसम्बन्धि ७ दिने तालिमको समापन भएको छ ।
माघ १९ गतेदेखि धरान–१७ नमस्ते सामुदायिक भवनमा सञ्चालित तालिमको मङ्गलबार समापन गरिएको हो । धरान–१७ को १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिममा धरान–१७ का ३० जनाको सहभागिता रहेको समाजका अध्यक्ष खेम रणपहेलीले जानकारी दिए । तालिमको सहजीकरण ब्युटि जोन ब्युटिपार्लरका सञ्चालक दिपा श्रेष्ठले गरेकी थिइन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै धरान–१७ का वडा सदस्य युवराज बिष्टले सामाजिक विकासको बजेट विकास निर्माणमा खर्च गर्नु गलत भएको बताए । वडा सदस्य सुवास बर्देवाले महिलाहरुको सीप विकासका लागि थप बजेटको आवश्यकता रहेको बताए । कार्यक्रममा वडा सदस्य कुसुम परियार, ऋचा शङ्कर, रविन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।