सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले 'असल अभ्यास ' कार्यक्रम सुरु गरेको छ ।
सेवाग्राहीलाई सहज, सरल, छिटो छरितो रूपामा सेवा प्रवाह गर्न तथा
कार्यालयहरूलाई
सोही अनुरूप व्यवस्थापन गर्दै प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह गर्न मातहतका कार्यालयहरूमा निर्देशन तथा व्यवस्थापन गर्न गरेको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव ले जनाएका छन् ।
उनका अनुसार अब प्रत्येक वडामा अनिवार्य सचिवको व्यवस्थापन गर्ने , कार्यालयहरूको नियमित अनुगमन गर्ने तथा त्यहाँ रहेका समस्याहरूको पहिचान गर्दै सेवा प्रवाहमा सुधार गर्दै लानेछ ।
प्रत्येक महिना स्टाफ मिटिङ, कर्मचारीको क्षमता विकास, सहजीकरण, अधिकार प्रत्यायोजनका साथै बिदाको समयमा कार्यालयको कामकाजमा असर नपर्ने गरी अर्को कर्मचारीको व्यवस्थापन गर्ने यादवले जनाएका छन् ।
सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक विकास र आर्थिक अनुशासन तथा सुशासन प्रवर्द्धन गरी तिनै क्षेत्रमा विभिन्न बुँदागत कार्य योजनासहित असल अभ्यास कार्यक्रममा वडा स्तरीय अनुगमन समितिबाट सञ्चालित आयोजनाहरूमा नियमित अनुगमन गरिनुका साथै १५/१५ दिनमा कार्यालयमा प्रतिवेदन पेस गर्ने गर्नुपर्ने व्यवस्था रहेको अध्यक्ष यादव ले जनाएका छन् । उनले अब प्रत्येक निर्माण क्षेत्रमा दैनिक हेरालुकाे समेत व्यवस्था गरिने जनाएका छन् ।
त्यस्तै आर्थिक अनुशासन तथा सुशासन अन्तरगत खरिद इकाईको निर्णय र अख्तियार बिना कुनै पनि कुराको खरिद नगर्ने, तालिम कार्यक्रमहरूको नियमित अनुगमन गरी त्यसबारे सामाजिक सञ्जाल तथा आधिकारिक वाेवसाइटमार्फत सुसूचित गराउने भएको छ ।
पछिल्लो समयमा एकै व्यक्तिलाई दोहोरो सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको देखिएकोले गाउँपालिकाको पंजिकरण कर्मचारीलाई सेवाग्राहीको पहिचान र विवरण रुजु गर्न घर–घर खटाइएको र त्यसको सत्य तथ्य विवर आए पछि मात्र सुरक्षा भत्ता निकासी हुने असल अभ्यास बारे जानकारी दिँदै अध्यक्ष यादवले जनाएका छन् ।
उनले गाउँपालिकाको फजुल खर्च नियन्त्रण गर्ने अभियान सुरु भएको बताउँदै । कार्यालयका जिन्सी अभिलेखको अद्यावधिक गर्नुका साथै कर्मचारीको जिम्मामा रहेका जिन्सीहरूको अवस्थाको अध्याय अनुगमन गर्न ५ सदस्यीय टोली गठन गर्ने जनाएका छन् ।
त्यस्तै बेरुजु फर्छयाैटका लागी सम्बन्धित शाखा र कर्मचारीहरूसँग सहजीकरण र समन्वयन गरी कार्यालयमा आर्थिक अनुशासन कायम गर्ने असल अभ्यास सम्बन्धी जानकारीमा जनाइएको छ ।