धनकुटा । धनकुटामा सञ्चालित विद्यालय स्तरिय फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको फाईनल खेलमा मावि तर्फ निजामति आवशिय विद्यालय धनकुटा–७ चुलिवन र प्रा.वि. तर्फ त्रिवेणी मावि धनकुटा–७ ले उपाधि जितेको छ । 

पहिलो चरणमा भएको प्रा.वि.स्तरको प्रतियोगितामा त्रिवेणी माविले १–० को अन्तरले निजमति आवशिय विद्यालयलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै त्रिवेणी माविले १० हजार, १ सय ११ रुपयाँ र निजमति आवशिय विद्यालय धनकुटाले ५ हजार, १ सय, ११ रुपयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

दोश्रो चरणमा भएको फुटवल प्रतियोगितामा निजामति आवशिय विद्यालय धनकुटा–७ ले गोकुण्डेश्वर माध्यामिक विद्यालयल धनकुटा–५ लाई २–० को अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ । उपाधिसँगै निजामति आवशिय विद्यालय धनकुटा–७ ले १५ हजार, १ सय ११ नगदसंँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने गोकुण्डेश्वर वालमिन्दरले ७ हजार, ५ सय, ११ रुपयाँमा चित वुझाएको छ ।

विजेता फुटवल टोलीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनाल, प्रतियोगिता आयोजक न्यू नव प्रभात क्लव धनकुटा–५ का अध्यक्ष गोविन्द राई, जिल्ला फुटवल संघका अध्यक्ष मणी कुमार चेम्जोङ, पुर्व अध्यक्ष सम्भु प्रधान, पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवास,फोनिजका १ नम्वर प्रदेश अध्यक्ष  सन्तवीर लामा लगायतले उपाधि, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । 

न्यू नव प्रभात क्लव धनकुटा–५ ले गएको मंसिर २० गतेदेखि आयोजना गरेको ५ दिने फुटवल प्रतियोगितामा धनकुटा नगरपालिका क्षेत्रका ११ वटा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थिहरुले भाग लिएका थिए ।