विजयपुर । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा बज्राचार्य घाइते भएकी हुन् । आक्रमणबाट दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उक्त क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।