श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ १ गते शुक्रबार, १५ मे २०२६, रौद्रनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि १८ः४७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी ०८ः२८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।चिताएको कामले राम्रै लाभ दिलाउनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका लागि श्रम खर्चनुपर्ने देखिन्छ।